कोशी अस्पतालको अतिक्रमित जग्गा हटाउने प्रक्रिया अघि बढ्यो

२८ असार २०८३, आईतवार १७:००

काठमाडौं । मोरङको विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमण भएका जग्गा खाली गराउने प्रक्रिया अघि बढेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङको संयुक्त निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढेको हो।

अतिक्रमित जग्गामा रहेका मेडिकल सहितका अधिकांश पसलहरूले जग्गा खाली गरिसकेका छन्। अतिक्रमित संरचना हटाउनका लागि रेखाङ्कन समेत गरिएको छ। अब उक्त जग्गामा रहेका संरचनामाथि डोजल चलाउने तयारी भइरहेको छ।

सार्वजनिक स्वास्थ्य संस्थाको संरक्षण र सेवा विस्तारका लागि अतिक्रमित जग्गा खाली गर्न लागिएको र खाली भइसकेपछि अस्पतालको पूर्वाधारण निर्माणमा प्रयोग गरिने स्वास्थ्यमन्त्रीको सचिवायलले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*