दुई कम्पनीको शेयर कारोबार रोकियो

२९ असार २०८३, सोमबार ०७:५७

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर कारोबार राकिएको छ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकिकृत कारोबार शुरु गरेसँगै सोही दिनदेखि शेयर कारोबार रोकिएको हो ।

मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका,२०७९ मा शेयर कारोबार रोक्कासम्बन्धी व्यवस्था बमोजिम बढीमा १५ दिनका लागि यी कम्पनीहरूको शेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई कम्पनी समान अनुपातमा एक भएका हुन् । गत माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीले नेपाल राष्ट्र बैंकबाट वैशाख २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ ७ गते दुवै कम्पनीले एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त गरेका थिए ।

मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा रहेर कारोबार गर्नेछन् ।

पोखरा फाइनान्सको चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ छ भने समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*