कुवेतस्थित अत्याधुनिक अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली ध्वस्त

२९ असार २०८३, सोमबार ०९:३३

काठमाडौं । मध्यपूर्वमा जारी युद्धमा कुवेतमा रहेको अत्याधुनिक अमेरिकी प्रविधिको प्याट्रियोट मिसाइल प्रतिरक्षा प्रणालीलाई आज इरानले ध्वस्त पारिदिएको गल्फ टाइम्सले जनाएको छ ।

गएराति अमेरिकाले इरानका विभिन्न स्थानमा गरेको बमबारीको बदलामा इरानले पनि कुवेत र बहराईनस्थित अमेरिकी बेस क्याम्पमा आक्रमण गरेको छ । उक्त युद्धमा कुवेतमा करिब दुई अर्ब अमेरिकी डलरमा स्थापना गरिएको प्याट्रियोट मिसाइल डिफेन्स सिष्टम र राडार सिष्टम ध्वस्त पारिएको इरानी सेनाको आईआरजिसीले जनाएको छ ।

यद्यपि सो सम्बन्धी अमेरिकी सेनाको सेन्टकमले केही बताएको छैन । सेन्टकमले इरानको बन्दरअब्सास क्षेत्रमा होर्मुज नजिकै सैन्य कारवाही गरिएको सम्म जनाएको छ ।

आज भएको युद्धमा बहराईन र कुवेतको हवाई क्षेत्र खाली गरिएको छ । दुवै देशले एयरस्पेस खाली गरेर मिसाइल डिफेन्स सिष्टम एक्टिभ गरेर बसेका छन् । तर, इरानले कुवेतको मिसाइल डिफेन्स सिष्टम नै ध्वस्त पारिदिएपछि अब त्यहाँका अमेरिकी सेनाहरु असुरक्षित हुनेछन् ।

-फाइल फोटो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*