जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुईजनाको सकुशल उद्धार
२९ असार २०८३, सोमबार १०:४६

काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटमा आएको पहिरोमा पुरिएर एकजनाले ज्यान गुमाएका छन् भने पहिरोमा पुरिएका दुईजनाको सकुशल उद्धार गरिएको छ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ स्थित राङ्सी बस्ने अंदाजी ६० वर्षीया जयशिला शाहको अस्थाई आवास (टहरा) मा माथिबाट आएको पहिरोले पुरिंदा निज जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो।
निजको छोरी अन्दाजी ४० वर्षीया मेनुका शाह थापा र नातिनी अन्दाजी ७ वर्षीया टीका थापाको भने स्थानीय र प्रहरीको सक्रियतामा पहिरोबाट सकुशल उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।











