पोखरामा लघुवित्तका सञ्चालकसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुशासन र जोखिम व्यवस्थापनमा जोड
२९ असार २०८३, सोमबार १२:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर किरण पण्डितको प्रमुख आतिथ्यतामा पोखरामा इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले लघुवित्त क्षेत्रको दिगो विकास, सुशासन अभिवृद्धि तथा वित्तीय अनुशासन सुदृढ बनाउने उपायबारे आ–आफ्ना धारणा राखेका थिए।











