मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
३० असार २०८३, मंगलवार १५:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.११ अकंले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ । आज ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन कामना सेवा विकास बैंकको डिबेञ्चर २०८७ को १०.२२ प्रतिशत, साग्रिला डेभलपमेन्ट डिबेञ्चर २०८७ को ९.८२ प्रतिशत, उपकार लघुवित्तको ९.१९ प्रतिशतले शेयर मूल्य बढेको छ ।












