बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी ९.७० प्रतिशत

३० असार २०८३, मंगलवार १६:३४

काठमाडौँ । २०८३ जेठ मसान्तसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी (कोर क्यापिटल) ९.७० प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात १२.६३ प्रतिशत रहेको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३६.२६ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, २०८२ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५.६० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*