लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

३० असार २०८३, मंगलवार १६:५५

काठमाडौँ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लिवर्टीका संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले अध्यक्ष पराजुलीलाई प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्राधिकरणका अध्यक्ष पौडेलले आजै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम के.सी. लाई समेत पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*