११ महिनामै बैंक निक्षेपमा ७ खर्ब ४८ अर्बको वृद्धि, कुल निक्षेप ८० खर्ब नाघ्यो

३० असार २०८३, मंगलवार १७:०६

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशत (७ खर्ब ४८ अर्ब ६२ करोड) ले वृद्धि भई ८० खर्ब १२ अर्ब ४९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.० प्रतिशत (५ खर्ब १७ अर्ब ६० करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ ।

२०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४६.६ प्रतिशत र ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको थियो ।

२०८३ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.७ प्रतिशत रहेको छ । २०८२ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३५.५ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*