यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले गरेका ५ निर्णय सुनाएका हुन् ।
यी हुन् निर्णय
-कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने
-विपद्को समयमा नागरिकको जिउधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च बनाउने । अबदेखि विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने
-अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरी देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै सम्मान पत्र प्रदान गर्ने
-नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गर्ने । उनलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिने ।
-मन्त्रिपरिषद्ले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयलाई जिम्मेवारी दिने











