नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी कैलालीको तेस्रो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

३० असार २०८३, मंगलवार २१:०७

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आगामी दुई बर्षका लागि सुनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

कार्यक्रम नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टको प्रमुख आतिथ्यमा उद्घाटन भएको सधारण सभामा बीमा क्षेत्रका विविध बिषयमा गहन छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टले बीमा क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन बीमा पेशाकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । बीमितको विश्वास नै बीमा व्यवसायको आधार भएकाले दाबी भुक्तानी प्रक्रिया छिटो, सरल र प्रभावकारी हुनुपर्नेमा जोड दिदैं प्रदेश प्रमुख भट्टले सेवाग्राहीको गुनासो नआउने गरी व्यावसायीक आचरण, अनुशासन र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन बीमा कम्पनी र पेशाकर्मीलाई निर्देशन दिए ।

कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (जीवन बीमा) का अध्यक्ष गणेश सावद विशिष्ट अतिथिको तर्फबाट सम्बोधन गर्दै बीमा क्षेत्रको व्यावसायिक विकास, आपसी समन्वय र बीमा सचेतना अभिवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि संस्थाले पेशाकर्मीको क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान र जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाका सदस्य सागर बमले मन्तव्य राखेका थिए भने सचिव नर बहादुर नेगीले कार्यक्रम सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा कैलाली जिल्लामा कार्यरत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, बीमा पेशाकर्मी र संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।

साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ । सो बार्षिक साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नयाँ कार्यसमितिमा
अध्यक्ष : सुनील श्रेष्ठ
उपाध्यक्ष: नरेश ओझा
सचिव: नर बहादुर नेगी
कोषाध्यक्ष: सागर बम
सदस्य: सुरज रावल
सदस्य: श्याम बिष्ट
सदस्य: राम सिंह महरा
सदस्य : माधव ओझा
सदस्य: केशव राज पनेरु
सदस्य: शकुन्तला न्यौपाने
सदस्य: मुना घिमिरे, रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति धन्यवाद दिँदै आगामी कार्यकालमा संस्थालाई अझ सशक्त, क्रियाशील र व्यावसायिक बनाउने प्रतिबद्धता जनाउँदै बीमा क्षेत्रमा कार्यरत पेशाकर्मीबीच सहकार्य, क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता विकास र बीमा सचेतना विस्तारका लागि संस्थाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*