सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
३१ असार २०८३, बुधबार १०:१७

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीका संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
अतः उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित ललितपुरको महालक्ष्मीस्थित कर्पाेरेट कार्यालयमा वा नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ।











