एनआईसी एशिया बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
३१ असार २०८३, बुधबार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो। तर तोकिएको अवधिसम्म कुनै पनि आवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कर्पाेरेट कार्यालयमा उल्लिखित ४५ हजार कित्ता शेयरको दरभाउ समेत उल्लेख गरी निवेदन दिनु पर्नेछ।











