आन्तरिक राजस्व विभागको सर्भरमा समस्या, करदातालाई सास्ती
३२ असार २०८३, बिहीबार १५:१७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिनमै आन्तरिक राजस्व विभागको सर्भरमा प्राविधिक समस्या देखिएको छ।
आर्थिक वर्षको अन्तिम दिनमै आन्तरिक राजस्व विभागको सर्भरमा समस्या आएका कारण भुक्तानी प्रक्रिया पूरा गर्न नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको हो।
सर्भरमा आएको समस्याका कारण अग्रिम कर कट्टी, सामाजिक सुरक्षा करलगायत विभिन्न शीर्षकको राजस्व अनलाइनमार्फत बुझाउन खोज्ने करदाता यसबाट प्रभावित भएका छन्।
आर्थिक वर्षको अन्तिम दिन राजस्व सङ्कलनको चाप उच्च हुने समयमा सर्भरमा आएको समस्याले विशेषगरी करदाता तथा व्यवसायी मर्कामा परेका हुन्।











