सर्वोच्चको आदेशपछि सम्पत्ति विवरण संकलन स्थगित

३२ असार २०८३, बिहीबार १५:४३

काठमाडौं। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ।

आयोगले बिहीबार सूचना जारी गर्दै सर्वोच्च अदालतले असार ३१ गते दिएको आदेशअनुसार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया स्थगित गरिएको जनाएको हो।

यसअघि आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो।

आयोगले सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद बिहीबारसम्म तोकेको थियो। तर सर्वोच्च अदालतको आदेशपछि उक्त प्रक्रिया हालका लागि रोकिएको आयोगले स्पष्ट गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*