महिला उद्यमीलाई व्यवसाय विस्तारमा सरकारले पूर्ण सहयोग गर्छः बालेन्द्र शाह

३२ असार २०८३, बिहीबार १७:४८

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले महिला उद्यमीहरूको उद्यमशीलता विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा उनीहरूले उत्पादन गरेका वस्तुको बजार विस्तारका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा शाहले महिला उद्यमीले भोग्दै आएका समस्या र व्यवधान हटाउँदै स्वदेशी उत्पादनलाई पर्यटकीय गन्तव्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने वातावरण निर्माणमा सरकार सक्रिय रहेको बताएका हुन्।

छलफलका क्रममा महासंघले ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डको प्रवद्र्धन, अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारी सहकार्य, सार्वजनिक खरिदमा महिला उद्यमीलाई प्राथमिकता, वित्तीय पहुँच विस्तार तथा नीति निर्माण तहमा महासंघको सहभागितालगायत विषयमा सुझाव प्रस्तुत गरेको थियो।

शाहले महासंघले दिएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै महिला उद्यमीको क्षमता अभिवृद्धि, स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*