बीमापोष्टकी उप–सम्पादक रिना खत्रीलाई नाफिज बीमा पत्रकारिता पुरस्कार

३२ असार २०८३, बिहीबार १९:०५

काठमाडौं । झण्डै एक दशकदेखि बीमा क्षेत्रमा कलम चलाउँदै आएकी बीमापोष्ट डटकमकी उप सम्पादक रिना खत्री नाफिज बीमा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।

नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराज भक्त श्रेष्ठले बीमापोष्टकी उप सम्पादक रिना खत्रीलाई ५० हजार रुपैयाँ राशीको नाफिज बीमा पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् । बीमा क्षेत्रमा कलम चलाएबापत नाफिजले उप–सम्पादक खत्रीलाई पुरस्कृत गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, सांसद लिमा अधिकारी, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्ल, संस्थाकी अध्यक्ष मेनुका कार्कीले पुरस्कार हस्तारण गरिएको हो ।

नाफिजले हरेक बर्ष एक जना बीमा क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरु मध्येबाट उत्कृष्टलाई ५० हजार रुपैयाँ नगद र प्रमाण पत्रसहित पुरस्कार दिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*