दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा सम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश

१ श्रावण २०८३, शुक्रबार ०६:३८

काठमाडौं । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बीमा सम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।

जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।

यद्यपि धरौटी आदेश भए पनि भट्ट र अग्रवाल तत्काल रिहा हुने अवस्था भने छैन। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा यसअघि विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*