दीपक भट्टसँग अनुसन्धानमा मुछिएको को माथि के छ अभियोग र मागदाबी कसलाई कति ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित ६ जना र १० कम्पनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको छ ।
विभागले एमाले नेता पौडेल, व्यवसायी भट्ट, उद्योगी अग्रवाल, शुलभ अग्रवाल, उपेश बस्नेत, ऋषिराज मोर, फेवा डेभलपर्स प्रा।लि, वेगनास डेभलपर्स प्रा।लि, रिजेन्ट कोर्ट प्रा।लि, अल्फा डेभलपर्स प्रा।लि, श्रीनगर डेभलपर्स प्रा।लि, डेल्टा डेभलपर्स प्रा।लि र लेखनाथ डेभलपर्स प्रा।लिसहितलाई प्रतिवादी कायम गरी अभियोगपत्र दर्ता भएको हो ।
नेता पौडेलमाथि प्रतिवादी दीपक भट्टलगायतलाई सम्पत्तिको गैर कानुनी सम्पत्ति लुकाउन एवम् छल्ने वातावरण निर्माण गरिदिएको अभियोग छ ।
अभियोगपत्रमा प्रतिवादी सुभी अग्रवालले आफ्ना नाउँमा हिमालयन बैंकमा रहेको खाता नम्बर ११०२२६०७४२००१२ बाट जीतबहादुर बस्नेतका नाउँमा प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि।मा रहेको खातामा मा रकम ट्रान्सफर गरी कुल ७ करोड ६४ लाख ५७ हजार ५०० रुपैयाँ बराबर रकमको कसुरबाट प्राप्त सम्पत्तिको कारोवार गरेको दाबी गरिएको छ ।
अग्रवालले कमल बहुउद्देश्यीय सहकारी संस्था लिमा रहेको उपेश बस्नेतको नामको खातामा ५ करोड ६८ लाख ९८ हजार ६३६ रुपैयाँसमेत कारोबार गरी १३ करोड ३३ लाख ५६ हजार १३६ रुपैयाँ बराबरको स्रोत लुकाउने मनसायले कारोबार गरेको अभियोग छ ।
प्रतिवादी बस्नेतविरुद्ध कमल बहुउद्देश्य सहकारीमा आएको पैसा विभिन्न बैँकमा जम्मा गरेको, मुद्दामा प्रतिवादी रहेकी सुवी अग्रवालका नाउँमा हिमालयन बैँक लि।को खातामा विभिन्न मितिमा रकमको कारोबार गरेको देखिएको, प्रतिभा बहुउद्देश्यीय सहकारीसमेतमा उपेश बस्नेत एवम् सुजन बस्नेतलगायतका मानिसहरुका नाउँमा बारम्बार तत्कालीन अवस्थामा नगद सीमा कारोबार भन्दा घटीको कारोबार भएको देखिएको, सुवी अग्रवाललाई हिमालयन बैँकको रकम सहकारी क्षेत्रलाई दुरुपयोग गरी सहकारीको खातामा जम्मा गराई भुक्तानी गरेको अभियोग छ ।
बस्नेत सुलभ अग्रवालको कम्पनीमा कार्यरत कर्मचारी हुन् ।
यिनलाई सम्पत्ति शुद्धीकरणको कसुरको मतियारमा सजायको माग छ ।
प्रतिवादी दिपक भट्टविरुद्ध उनी सञ्चालक रहेको ईन्फिनिटी होल्डिङ्गसमा भएको लगानी फेवा डेभलपर्स प्रा।लिमा ९४ प्रतिशत लगानी रहेको, वेगनास डेभलपर्स प्रा।लिमा समेत ९४ प्रतिशत नै लगानी रहेको, रिजेन्ट कोर्ट प्रा। लि। मा ४५ प्रतिशत लगानी रहेको, अल्फा डेभलपर्स प्रा।लिमा ९४ प्रतिशत, श्रीनगर डेभलपर्स प्रा।लिमा ९४ प्रतिशत, डेल्टा डेभलपर्स प्रा। लिमा ४८ प्रतिशत, कान्तिपुरी रिसोर्ट प्रा।लि। मा ४६ प्रतिशत र लेखनाथ डेभलपर्स प्रा।लिमा ४८ प्रतिशत लगानीमाथि सम्पत्ति शुद्धीकरणको दाबी गरिएको छ ।
लगानीको सोही अनुपातमा उल्लेखित कम्पनीहरुको जग्गा समेत कुल जग्गा १७७–७–११–४ मध्ये १५६–३–०–१ जग्गाको वास्तविक धनी समेत भट्ट नै रहेको तथ्य स्थापित भएको दाबीसहित उक्त जग्गा जफत गर्न विभागको माग छ ।
अनुसन्धानमा बुझिएका चुन्नु प्रसाद शर्मा तथा कमलकिशोर मालपानी समेतले गरेको कागज एवं मिसिल संलग्न कारोवार प्रमाणबाट श्रीराम टोवाको उधोग प्रा। लिको २० प्रतिशत सेयर अर्थात ३,७५,००० कित्ता सेयर प्रतिकित्ता रु। १०० का दरले निज दीपक भट्ट एकल स्वामित्व र संचालक रहेको ईन्फिनिटी होल्डिङ्गस प्रा।लिको स्वामित्वमा रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा।लिका नाउँमा लगत कायम गरी बिक्री गरिएको दाबी समेत गरिएको छ ।
श्रीराम टोबाको उद्योग प्रा।लिको आर्थिक अवस्था, सञ्चित नाफा, जगेडा कोष तथा प्रति सेयर किताबी मूल्यको तुलनामा अत्यन्त न्यून मूल्यमा ३,७५,००० कित्ता सेयर भट्ट एकल सञ्चालक रहेको ईन्फिनिटी होल्डिङ्सको हित रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा।लि। लाई बिक्री गरेको लगायत अभियोग दाबी छ ।
उक्त प्रकरणमा भट्टको कुल विगो ४७ करोड ७७ लाख ६६ हजार २५० पैसा विगो कायम गरिएको छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेलविरुद्ध श्रीराम टोबाको उद्योग प्रा।लिका सञ्चालक र पौडेलबीच भेटघाट भएको बयान कागजातबाट खुल्न आएको जिकिर गरिएको छ । पौडेल र बुटवलका व्यवसायी कमलकिशोर मालपानी बीच मोबाइल कल आउने जाने अवस्था समेत रहेको दाबी समेत छ ।
तत्पश्चात निजहरुले आफ्नो उद्योगमा भएका समस्याहरु निज आरोपी विष्णुप्रसाद पौडेललाई बताएकोमा निजले सञ्चालक मध्येका कमलकिशोर मालपानीलाई प्रतिवादी दीपक भट्टसँग भेट गराएको दाबी विभागले गरेको छ ।
उक्त भेटपछि श्रीराम टोबाको उद्योगका सञ्चालकले नै २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनेको दाबी विभागले लिएको छ ।
‘‘साथै कमलकिशोर मालपानी र चुन्नुप्रसाद शर्माले लेखाइदिएको बयान कागजअनुसारको सुपारी आयातमा सहजीकरण भएको देखिएको,’’ अभियोगपत्रमा उल्लेख छ, ‘‘र, सो समयमा यिनै प्रतिवादी विष्णु प्रसाद पौडेल अर्थमन्त्रीसमेत रहेको देखिएको, हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको २०,००,००० कित्ता सेयर खरिद गर्दा तत्कालीन पौडेलले सहजीकरण गरेका हुन् भन्ने चुन्न प्रसाद शर्मा र कमल किसोर मालपानीको कागजबाट स्पष्ट भएको देखिन्छ ।’’
अर्थमन्त्री भएको अवधिमा नेपाल बीमा प्राधिकरणबाट हिमालयन रिइन्सुरेन्सलाई अनुमति उपलब्ध गराएको, श्रीराम टोबाकोले बढी परिमाणमा सुपारी आयात गर्न पाएको, न्यून मुल्यमा श्रीराम टोवाको उद्योग प्रा।लिको सेयर अवमूल्यन गरी बिक्री गरिएको, अस्वाभाविक लाभांश वितरण भएको देखिएकोलगायत आरोपसहित सजायको माग दाबी गरिएको छ ।
पौडेलले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरीङ्ग० निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण गरेको कसूरको मतियारको कार्य गरेको भन्ने कसूरमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी निजको ऐभरेष्ट बैंक लिमिटेडको खातामा मौज्दात रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा समेत जफत हुन माग दाबीसमेत लिइएको छ ।
‘‘पौडेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिवादी दिपक भट्टले गरेको सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३९१० को खण्ड ९क०, ९ख० र ९ग० विपरीतको कसुरको मतियार भएको पुष्टी हुन आएकोले,’’ अभियोगपत्रमा उल्लेख छ, ‘‘बिगो रु।२० करोड ९० लाख रुपैयाँ कायम गरी’ प्रतिवादी पौडेललाई सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३९१० को खण्ड ९क०, ९ख० र ९ग० विपरीतको कसुरको मतियार सोही ऐनको दफा ३९२० बमोजिम सहयोग तथा मद्दत पु–याउने कार्य गरेको कसुर स्थापित हुन आयो ।’’
विभागको मागदाबी
क। प्रतिवादी शुभी अग्रवालको हकमा
प्रतिवादी सुभी अग्रवाललाई २०८३र२र२८ को अभियोग पत्रमा उल्लेखित बिगोमा थप विगो रु।१३,३३,५६,१३६।– कायम गरी सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ९१० बमोजिम सजाय हुन मागदावी लिइएको छ ।
ख। प्रतिवादी उपेश बस्नेतको हकमा
प्रतिवादी उपेश बस्नेतलाई बिगो रु।१३,३३,५६,१३६।– कायम गरी सोही ऐनको दफा ३०९२० बमोजिम ऐ।ऐनको ३०९१० बमोजिम हुने सजायको आधा सजाय हुन मागदावी लिइएको छ ।
ग। प्रतिवादी दीपक भट्टको हकमा
प्रतिवादी दीपक भट्ट उपर मिति २०८३र२र२८ मा अभियोजन भएको सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन अवस्थामा थप कसुर भए गरेको तथ्य देखिन आएको हुँदा यी प्रतिवादीलाई मिति २०८३र२र२८ को अभियोग पत्रमा उल्लेखित बिगोमा थप विगो रु। ४७,७७,६६,२५०।– कायम गरी सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ९१० बमोजिम सजाय हुनका साथै माथि तालिका नं। १ मा उल्लेख भएका जग्गाहरु १७७–७–११–४ मध्ये १५६–३–०–१ ऐ। ऐनको दफा २८ बमोजिम जफत हुन मागदावी लिइएको छ ।
घ। प्रतिवादी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा।लिका हकमा
यस कम्पनीले श्रीराम टोबाको उद्योग प्रा।लि।को कितावी मुल्य प्रतिकित्ता ८१६।७१ मुल्यको ३,७५,००० शेयरलाई प्रतिवादी कम्पनीले रु। १००।– का दरले खरिद गरी रु।२०,९०,००,०००।– लाभांश र पछि हुने लाभांशबाट हिसाव मिलन गर्ने गरी प्राप्त गरेको देखिन्छ । कितावी मुल्यका आधारमा हेर्दा उक्त शेयरको कुल मुल्य प्रतिकित्ता रु।८१६।७१ का दरले ३,७५,००० को रु।३०,६२,६६,२५०।– हुने देखिन्छ ।
उक्त रकम छल्ने एवं भुक्तानीको स्रोत छल्ने बदनियतले निजले रु।३,७५,००,०००।– मात्र भुक्तानी गरेको देखिन्छ।उक्त रकमबाट प्रतिवादी दिपक भट्टले कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने एवं छल्ने समेतका निषेधित कार्यहरु एवं स्रोत देखाउने समक्षमता समेत निर्माण गरी सम्पत्तिको गैरकानुनी स्रोत छल्ने, लुकाउने, स्वरुप परिवर्तन, अधिकार र स्वामित्व समेत परिवर्तन गरेको ।
सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि भएकाले प्रतिवादीलाई विगो रु।२०,९०,००,०००।– कायम गरी सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ९८० को देहाय खण्ड ९क० बमोजिम सजाय हुन मागदावी लिइएको छ ।











