नेप्सेमा उछाल आउँदा साढे ४ अर्बको कारोबार, यी कम्पनीको शेयर सर्वाधिक किनबेच

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन आज साउन १ गते शुक्रबार नेप्सेमा उछाल आएको छ। आज एकैदिन नेप्से परिसूचक ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २६७७.५४ को विन्दुमा कायम भएको हो।
नेप्सेमा उछाल आए तापनि कारोबार भने उत्साहपूर्ण नभएको देखिएको छ। आज नेप्सेमा सूचीकृत ३३५ कम्पनीहरूको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेड, रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।
त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड, कुमारी बैंक लिमिटेड र सिटी होटल लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको देखिएको छ।












