शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढ्यो, यी १० संस्थाका लगानीकर्ता मालामाल
१ श्रावण २०८३, शुक्रबार १५:२०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अकंले बढेर २६७७.५४ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।
शुक्रबार २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन श्रीनगर एग्रिटेकको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, सूर्यकुन्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिज लाइनको १२.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।












