कोलकाताबाट १ हजार २५० मेट्रिक टन रासायनिक मल नेपाल ल्याइँदै
१ श्रावण २०८३, शुक्रबार १७:१९

काठमाडौं । ग्लोबल टेन्डरमार्फत खरिद गरिएको भारतको कोलकाता बन्दरगाहमा आइपुगेको ३० हजार मेट्रिक टन रासायनिक मलमध्ये १ हजार २५० मेट्रिक टन मल आजदेखि नेपालतर्फ ढुवानी शुरु गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार उक्त मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।
कोलकाता बन्दरगाहमा बाँकी मलको प्याकेजिङ (ब्यागिङ) कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ। प्याकेजिङ सम्पन्न भएपछि बाँकी मल पनि क्रमशः नेपाल भित्र्याइने मन्त्रालयले जानकारी दिएको छ। सरकारले किसानलाई आवश्यक समयमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ खरिद प्रक्रिया अघि बढाएको जनाएको छ।











