मुग्लिङ–नारायणगढ सडकमा दुई बस र ट्रक ठोक्किंदा ३३ जना घाइते

३ श्रावण २०८३, आईतवार ११:१६

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किंदा करिब ३३ जना यात्रु घाइते भएका छन्।

बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किंदा दुर्घटना भएको हो।

दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटनापछि केही समय अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडकखण्डमा दुर्घटनाग्रस्त सवारीसाधन हटाइएपछि दुवैतर्फको सवारी आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*