फेसबूकमा प्राविधिक समस्या, बेवसाइटमा चल्नै छोड्यो

३ श्रावण २०८३, आईतवार १३:५१

काठमाडौं । मेटाद्वारा सञ्चालित विश्वप्रख्यात सामाजिक सञ्जाल फेसबूक लगइनमा प्राविधिक समस्या देखापरेको छ। आज आइतबार दिउँसो करिब साढे १ बजेबाट अचानक समस्या देखापरेको हो।

डेक्स्टप साइटमा लगइन गर्दा फेसबूक नखुल्ने समस्या देखापरेको हो। फेसबूक खोल्न खोज्दा ‘खाता अस्थायी रूपमा उपलब्ध नभएको’ सन्देश देखापरेको हो। फेसबूकले स्क्रीनमा प्राविधिक समस्या आएका कारण खाता नखुलेको भन्दै केही समय पर्खन आग्रह गरेको छ। यद्यपि समस्याको यकिन कारण भने स्पष्ट भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*