निर्माण क्षेत्रमा फर्कियो उत्साह: वाणिज्य बैंकले गरे २ खर्ब ३१ अर्ब लगानी, कुनको कति ?

३ श्रावण २०८३, आईतवार १४:३३

काठमाडौँ । निर्माण क्षेत्र विस्तारै सुधारोन्मुख हुँदैछ । अर्थतन्त्रले सकारात्मक लय लिन थालेसँगै निर्माण क्षेत्रमा पनि गति आउन थालेको हो । बैंकहरूले पछिल्लो समय निर्माण क्षेत्रका परियोजनाहरूमा लगानी थप्न सुरु गरेका छन् । जसले यस क्षेत्रलाई पुनः गतिशील बनाउन भूमिका खेलेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्म निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूले ११.१७ प्रतिशत कर्जा प्रवाह बढाएका छन् । यो अवधिमा २० वाणिज्य बैंकहरूले कूल २ खर्ब ३१ अर्ब १ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २ खर्ब ८४ अर्ब १० करोड ८ लाख रुपैयाँ लगानी भएको थियो ।

पछिल्लो समय अधिकांश बैंकहरूले निर्माण क्षेत्रतर्फ लगानी बढाएका छन् । निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल बैंक अगाडि रहेको छ । बैंकले यस क्षेत्रमा २७ अर्ब २९ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो  वर्षको सोही अवधिको तुलनामा ५.८७ प्रतिशतले वृद्धि हो ।

यस्तै, लक्ष्मी सनराइज बैंकले २५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा भने १९.५९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको ११ महिनामा एनआईसी एशिया बैंकले पनि २० अर्ब ८२ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २२ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा सिटिजन्स बैंकले निर्माण क्षेत्रको लगानी ३३.४५ प्रतिशतले बढाएर २० अर्ब ७६ करोड, प्रभु बैंकले १३.९९ प्रतिशतले बढाएर १६ अर्ब ५ करोड, प्राइम बैंकले १९.५५ प्रतिशतले बढाएर १५ अर्ब ६१ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

निर्माण क्षेत्रमा कर्जा प्रवाह सर्वाधिक वृद्धि गर्नेमा माछापुच्छ्रे बैंक सबैभन्दा अघि रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्माण क्षेत्रमा बैंकले आफ्नो लगानी ७७.७० प्रतिशतले बढाएर १३ अर्ब ४१ करोड रुपैयाँ पुराएको हो ।

हेर्नुहोस् कुन बैंकको लगानी कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*