राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्ड बन्द

३ श्रावण २०८३, आईतवार १८:३१

काठमाडौँ । लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार जारी गरेको सूचनाअनुसार चितवनसहित धादिङ र आसपासका जिल्लामा वर्षा जारी रहने तथा बाढी–पहिरोको जोखिम बढ्न सक्ने मौसम पूर्वानुमानका आधारमा यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक जानकारी, समन्वय तथा उद्धारसम्बन्धी सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*