रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य नियुक्त
४ श्रावण २०८३, सोमबार १०:३४

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन्।
कम्पनीका सीईओ रहेका सत्य राम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि साउन २ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त सीईओ नियुक्त गरेको हो।
बैठकले कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पुष्कर अमात्यलाई अर्काे व्यवस्था नहुँदासम्मका लागि कम्पनीको निमित्त सीईओको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।











