पुँजी बजार र धितोपत्र सम्बन्ध लगानीकर्ताका प्रतिनिधिसँग बालेन शाहको आज विशेष छलफल

४ श्रावण २०८३, सोमबार ११:२४

काठमाडौं । बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र सम्बन्ध लगानीकर्तासँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे तय गरिएको बैठकमा नियामक निकाय, बजार सञ्चालक, ब्रोकर, बीमा कम्पनी तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, प्रिया राज रेग्मी तथा अम्बिका प्रसाद पौडेल उपस्थित हुने जनाइएको छ।

छलफलमा शेयर बजारको पछिल्लो अवस्था, धितोपत्र तथा बीमा क्षेत्रका विद्यमान चुनौती, नीतिगत सुधारका सम्भावना र लगानीमैत्री वातावरण निर्माणका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ। साथै, समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक मुद्दाहरूमा समेत सहभागीहरूबीच धारणा आदानप्रदान हुने कार्यक्रम रहेको छ।

हालैको अवधिमा शेयर बजारले लगातार दबाब सामना गरिरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित निकाय र क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*