रिज लाइन इनर्जीले तिला जलविद्युत आयोजनामा २० करोड लगानी गर्ने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले तिला–१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।
बैठकले एसपी पावर प्रा.लि द्वारा प्रवर्द्धित कालिकोट जिल्लास्थित तिला नदीमा (४४० मेगावाट) जडित क्षमताको तिला–१ जलविद्युत आयोजनामा रिज लाइन इनर्जीले हकप्रद निष्काशन गरी संकलन हुने रकमबाट एसपी पावरको जगेडा शेयरमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।
साथै सोही बैठकले रिज लाइन इनर्जीको नाममा स्वामित्व रहेको ललितपुर–१, कुपण्डोलमा अवस्थित काङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको अंकित मूल्य १०० रुपैयाँ रहेको १५ लाख कित्ता शेयरको खरीद बिक्री वा हस्तान्तरण नहुने गरी एनएमिब बैंक लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंमा रोक्का निर्णय पनि गरेको छ।











