बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको सचिवहरूसँग विशेष छलफल

४ श्रावण २०८३, सोमबार १२:०३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३।८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*