विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश, अब कति कक्षासम्मको बिद्यार्थीले पढ्न पाँउछन्?

४ श्रावण २०८३, सोमबार १४:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको पहलमा विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश भएको छ।

यसअघि प्राधिकरण र पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयकाविज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल पश्चात् सामाजिक अध्ययनमा अब अनिवार्य बीमाको बिषय समावेश गरिने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्रस्तावित पाठ्यक्रम र शिक्षक निर्देशिकाका लागि आवश्यक विषयवस्तु पहिचान गरी केन्द्रलाई सुझाव उपलब्ध गराएको थियो ।

अन्तरक्रियामा कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयमा बीमा शिक्षाका कुन–कुन पक्ष समावेश गर्न सकिन्छ भन्नेबारे विस्तृत छलफल भएको थियो। सो अनुसार नै पाठ्यक्रम विकास केन्द्र सानोठिमीरसँगको समन्वयमा कक्षा ५, देखि १० कक्षासम्म बीमाको बिषय समावेश गरी अध्यापन गराइने भएको छ ।

हाललाई १० कक्षासम्मको पाठ्यक्रम तयार भएपनि १२ कक्षासम्म अध्यापन हुने गरी बीमाको बिषय समावेश गरिने तयारी भईरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*