सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
४ श्रावण २०८३, सोमबार १५:१७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७० अकंले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, रिज लाइनको १४.६४ प्रतिशत, श्रीनगरको १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.५६ प्रतिशतले शेयर मूल्य बढेको हो ।












