सिटिजन लाइफका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

५ श्रावण २०८३, मंगलवार १०:१९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित चार जना सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ।

कम्पनीको नियमावली बमोजिम मौजुदा सञ्चालक समितिका सदस्यहरू मध्ये संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गरी आएका चार जना सञ्चालकहरूको पदावधि साउन ६ गते समाप्त हुने र साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकोले आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि चार सञ्चालकको पदावधि थप गर्ने निर्णय भएको हो।

पदावधि थप गरिएका सञ्चालकहरूमा प्रदीपजंग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की, महेश स्वांर रहेका छन्। साथै बैठकले सञ्चालक समितिको अध्यक्षमा हाल कायम रहेका प्रदीपजंग पाण्डेलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय भएको छ। यसरी थप गरिएको पदावधि आगामी साधारणसभाबाट अनुमोदान गराउने निर्णय समेत सर्वसम्मतिले पारित भएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*