आरएसडीसी लघुवित्तले कमायो झण्डै १४ करोड नाफा, अन्य सूचक कस्तो ?

५ श्रावण २०८३, मंगलवार १०:४४

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८२/०८३ को अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार अघिल्लो आव २०८१/०८२ को तुलनामा गत आवमा कम्पनीको नाफा सहित अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको हो।

अघिल्लो आवमा १० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा ३५.७६ प्रतिशतको वृद्धि सहित १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २२ करोड ३७ लाख रुपैयाँबाट १४.३६ प्रतिशतल घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ।

ब्याज आम्दानी घटेसँगै कम्पनीको कुल सञ्चालन आम्दानी पनि २२ करोड ८७ लाख रुपैयाँबाट झण्डै १४ प्रतिशतले घटेर १९ करोड ६९ लाख रुपैयाँमा झरेको छ। यसको बाबजूद कम्पनीको सञ्चालन नाफा १४ करोड ७० लाख रुपैयाँबाट बढेर १९ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँबाट ३३..५८ प्रतिशतले बढेर ११ करोड ४१ लाख रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९.८५ रुपैयाँबाट बढेर १३.३७ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.३४ प्रतिशतबाट बढेर ३.९२ प्रतिशत पुगेको छ। बेसरेट ६.९६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.०७ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहको कम्पनीको जगेडा कोषमा ११ करोड ४१ लाख रुपैयाँ र रिजर्भमा २० करोड ७१ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ४ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब २० करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*