लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

५ श्रावण २०८३, मंगलवार ११:२७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागिएको हो।

सर्वसाधारणलाई निष्काशन गर्न लागिएको ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ। सर्वसाधारणले ऋणपत्रमा आवेदन दिंदा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते हुनेछ।

ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ्गस् नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्युअर’ रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम सुरक्षित रहेको संकेत गर्छ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*