चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना
५ श्रावण २०८३, मंगलवार १३:०३

काठमाडौं । काठमाडौंको चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना भएको छ। आज मंगलबार कीर्तिपुर नगरपालिकाको चोभारस्थित सडकमा ट्यांकर, बस र मोटरसाइकल दुघर्टनामा परेका हुन्।
शुरूमा पानी बोकेको ट्यांकर र बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो भने उक्त दुर्घटनामा पर्दा एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ। ट्यांकर सडकमै पल्टिएपछि त्यसलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।
बा २ ख २७०९ नम्बरको ट्यांकर र बा २ ख २७१९ नम्बरको बस आपसमा ठोक्किएका हुन्। दुर्घटनामा बा प्र ०२ ०३४ प ५५९४ नम्बरको बाइकमा क्षति पुगेको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।











