आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
५ श्रावण २०८३, मंगलवार १५:०५

काठमाडौं । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर बन्दा हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर किनबेच भएको हो।
आज रिडी पावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसपछि नेशनल हाइड्रोपावर कम्पनी, कर्पाेरेट डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, एसवाई प्यानल लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।












