न्यून प्रिमियममै अग्रिम भुक्तानीदेखि जीवनभरको सुरक्षा, क्रेष्ट माइक्रो लाइफको ‘समृद्धि’ योजना आकर्षणको केन्द्रमा

काठमाडौँ । जीवनमा आर्थिक जोखिम कहिले र कसरी आइपर्छ भन्ने कसैले अनुमान गर्न सक्दैन । परिवारको मूल आम्दानी गर्ने सदस्यलाई कुनै अप्रत्याशित घटना हुँदा त्यसको प्रत्यक्ष असर परिवारको दैनिक जीवन, बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाहदेखि भविष्यसम्म पर्न सक्छ । यही यथार्थलाई मध्यनजर गर्दै क्रेष्ट माइक्रो लाइफले न्यून आय भएका, सीमान्तकृत तथा पछाडि परेका समुदायका नागरिकलाई लक्षित गरी ‘समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको छ ।
यो योजना साधारण जीवन बीमाभन्दा फरक विशेषता भएको अग्रिम भुक्तानी (मनी ब्याक) प्रकृतिको योजना हो । यस योजनाअन्तर्गत बीमितले बीमा अवधिभर निश्चित अन्तरालमा बीमाङ्कको निश्चित प्रतिशत अग्रिम रूपमा प्राप्त गर्दै जान्छन् भने अवधि पूरा भएपछि बाँकी रकम र सुनिश्चित थप लाभसमेत प्राप्त गर्छन् । यसले एकातर्फ आर्थिक सुरक्षा प्रदान गर्छ भने अर्कोतर्फ नियमित बचतको संस्कार विकास गर्दै भविष्यका महत्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग पु¥याउँछ ।
क्रेष्ट माइक्रो लाइफले सूक्ष्म जीवन बीमा क्षेत्रको अगुवाइ गर्दै सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका समुदायसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ यो योजना ल्याएको हो । जीवनमा आउने आर्थिक जोखिम बीमा कम्पनीमा हस्तान्तरण गरी परिवारलाई सुरक्षित बनाउने र भविष्यका लागि भरपर्दो बचत सिर्जना गर्ने उद्देश्यले यो योजना तयार गरिएको हो ।
न्यून शुल्कमै जीवन सुरक्षा, बचत र सुनिश्चित प्रतिफल
समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना न्यून प्रिमियममै जीवन बीमाको सुविधा उपलब्ध गराउने योजनाका रूपमा प्रस्तुत गरिएको छ । योजना जारी भएपछि बीमितको जीवन बीमा सुरक्षाको दायरा सुरु हुन्छ । यससँगै बीमितले बीमा अवधिभर अग्रिम भुक्तानी, परिपक्वता लाभ, मृत्यु लाभ तथा प्रिमियम छुट सुविधाजस्ता सुनिश्चित लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
यो योजना केवल बीमा मात्र नभई दीर्घकालीन बचतको प्रभावकारी माध्यम पनि हो । भविष्यमा आउन सक्ने आर्थिक संकटलाई सामना गर्न आवश्यक कोष तयार गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ । नियमित रूपमा सानो रकम बचत गर्दै भविष्यमा ठूलो आर्थिक सहयोग प्राप्त गर्न सकिने भएकाले यो योजना विशेष गरी निम्न तथा मध्यम आय भएका परिवारका लागि उपयोगी मानिएको छ ।
यस योजनाले बालबालिकाको शिक्षा, क्षमता विकास, सशक्तीकरण तथा भविष्य निर्माणमा समेत योगदान पु¥याउने छ । अभिभावकले आफ्नो जीवनको जोखिम बीमा कम्पनीमा हस्तान्तरण गरेपछि कुनै अप्रत्याशित घटना भएमा लाभग्राहीले एकमुष्ट दाबी रकम प्राप्त गर्नेछन् । यही रकमले बालबालिकाको शिक्षा, उच्च शिक्षा, विवाह तथा अन्य सामाजिक उत्तरदायित्व पूरा गर्न आर्थिक आधार तयार गर्ने छ ।
यस योजनाका मुख्य आकर्षणहरूमा निश्चित अवधिमा अग्रिम रकम फिर्ता हुने व्यवस्था, भरपर्दो बचत, सुरक्षित लगानी, कर छुटको सुविधा, लाभग्राहीलाई आर्थिक सुरक्षा, वृद्धावस्थामा आर्थिक सहयोग, बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग, न्यून प्रिमियम र प्रतिफलको सुनिश्चितता रहेका छन् ।
प्रवेश उमेरदेखि बीमाङ्कसम्म स्पष्ट व्यवस्था
समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा सहभागी हुन न्यूनतम प्रवेश उमेर १८ वर्ष र अधिकतम प्रवेश उमेर ५० वर्ष तोकिएको छ । बीमा अवधि समाप्त हुँदा बीमितको अधिकतम उमेर ७० वर्षभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।
योजनामा १५ वर्ष, २० वर्ष र २५ वर्षका तीन प्रकारका बीमा अवधि उपलब्ध छन् । बीमाङ्क न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म राख्न सकिने व्यवस्था गरिएको छ ।
बीमा शुल्क वार्षिक, अर्धवार्षिक तथा त्रैमासिक गरी तीन किस्तामा तिर्न सकिने सुविधा दिइएको छ, जसले विभिन्न आय समूहका व्यक्तिलाई आफ्नो आर्थिक क्षमता अनुसार बीमा गर्न सहज बनाएको छ ।
योजनाअन्तर्गत बीमा अवधिभर विभिन्न अन्तरालमा अग्रिम भुक्तानी प्राप्त हुने व्यवस्था छ । १५ वर्षे योजनामा पाँच वर्ष पूरा भएपछि बीमाङ्कको २० प्रतिशत, १० वर्ष पूरा भएपछि थप २० प्रतिशत र १५ वर्ष पूरा भएपछि बाँकी ६० प्रतिशतसहित सुनिश्चित थप लाभ प्रदान गरिन्छ ।
२० वर्षे योजनामा पाँच वर्षपछि १५ प्रतिशत, १० वर्षपछि २० प्रतिशत, १५ वर्षपछि २५ प्रतिशत तथा अवधि समाप्त भएपछि ४० प्रतिशतसहित सुनिश्चित थप लाभ उपलब्ध गराइन्छ ।
त्यस्तै २५ वर्षे योजनामा पाँच वर्षपछि १० प्रतिशत, १० वर्षपछि १५ प्रतिशत, १५ वर्षपछि २० प्रतिशत, २० वर्षपछि २५ प्रतिशत र २५ वर्ष पूरा भएपछि बाँकी ३० प्रतिशतसँगै सुनिश्चित थप लाभ प्रदान गरिने व्यवस्था गरिएको छ ।
यसरी बीमितले बीमा अवधि सकिनुअघि नै विभिन्न चरणमा रकम प्राप्त गर्ने भएकाले शिक्षा, स्वास्थ्य, व्यवसाय विस्तार, घरायसी आवश्यकता तथा अन्य आर्थिक जिम्मेवारी पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
मृत्युदेखि परिपक्वता, समर्पण र ऋणसम्मका सुविधा
यस योजनामा बीमितको आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका लाभ समेटिएका छन् । बीमा सक्रिय रहेको अवस्थामा परिपक्वता अगावै बीमितको मृत्यु भएमा पहिले प्राप्त गरिसकेको अग्रिम रकम नकटाई पूर्ण बीमाङ्क तथा बीमाले आर्जन गरेको सुनिश्चित थप लाभ उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
यदि बीमित अवधि पूरा हुँदासम्म जीवित रहेमा सम्बन्धित बीमा अवधिअनुसार बाँकी बीमाङ्क र सुनिश्चित थप लाभ प्रदान गरिनेछ ।
बीमा सुरु गरेको तीन वर्षसम्म नियमित रूपमा सम्पूर्ण प्रिमियम भुक्तानी गरी तीन वर्ष पूरा भएपछि मात्र समर्पण सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ । यसपछि आवश्यक परे बीमितले आफ्नो बीमा समर्पण गर्न सक्नेछन् ।
त्यस्तै लगातार तीन वर्षको सम्पूर्ण प्रिमियम बुझाएर तीन वर्ष पूरा गरेपछि समर्पण मूल्यको अधिकतम ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध हुनेछ । यसले आकस्मिक आर्थिक आवश्यकताका बेला बीमा तोड्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ ।
दुर्घटना सुरक्षा, स्थायी अशक्तता र प्रिमियम छुटको विशेष व्यवस्था
समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा आधारभूत जीवन बीमासँगै अतिरिक्त सुरक्षा सुविधासमेत समावेश गरिएको छ । दुर्घटनाका कारण बीमितको मृत्यु भएमा पहिले प्राप्त अग्रिम रकम नकटाई आधारभूत बीमाङ्क, अतिरिक्त दुर्घटना बीमा रकम तथा बीमाले आर्जन गरेको सुनिश्चित थप लाभ उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसले दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।
यदि दुर्घटनाका कारण बीमित पूर्ण स्थायी अशक्त भएमा स्थायी अशक्तताको तालिकाअनुसार अतिरिक्त बीमाङ्कको ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म रकम उपलब्ध गराइनेछ । स्थायी अशक्तता दाबीपछि पनि बीमा निरन्तर कायम रहेमा मृत्यु जोखिमको सुरक्षा यथावत रहनेछ । साथै निर्धारित समयअनुसार अग्रिम भुक्तानी तथा सुनिश्चित थप लाभ पनि प्राप्त भइरहने व्यवस्था गरिएको छ ।
योजनामा प्रिमियम छुट सुविधा पनि समावेश गरिएको छ । दुर्घटनाका कारण स्थायी अशक्तता भएमा तालिकाअनुसार अतिरिक्त बीमाङ्कको ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म रकम उपलब्ध गराइनुका साथै बाँकी अवधिको सम्पूर्ण प्रिमियम छुट हुनेछ । यसपछि पनि बीमा सक्रिय रहने, मृत्यु जोखिम सुरक्षा कायम रहने तथा निर्धारित अग्रिम भुक्तानी र सुनिश्चित थप लाभ निरन्तर प्राप्त हुने व्यवस्था गरिएको छ ।
क्रेष्ट माइक्रो लाइफको समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना न्यून आय भएका परिवारलाई लक्षित गरी तयार गरिएको योजना हो, जसले जीवन बीमालाई केवल जोखिम व्यवस्थापनको माध्यममा सीमित नराखी नियमित बचत, निश्चित प्रतिफल, पारिवारिक सुरक्षा, बालबालिकाको भविष्य, वृद्धावस्थाको आर्थिक आधार तथा आकस्मिक परिस्थितिमा वित्तीय संरक्षण उपलब्ध गराउने समग्र आर्थिक सुरक्षाको माध्यमका रूपमा स्थापित हुनेछ ।











