स्वदेशी टेक्सटाइल उद्योगलाई बालेनको साथ, ‘टेक्सटाइल काउन्सिल’ गठन र रुग्ण उद्योग सञ्चालनको निर्देशन

५ श्रावण २०८३, मंगलवार १७:०७

काठमाडौँ । वालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र विस्तारमा सरकारले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग भएको छलफलमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न तथा रुग्ण उद्योग तुरुन्त सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन पनि दिए ।

तयारी पोसाक उद्योग प्रवद्र्धनका लागि ‘ग्रिन गार्मेन्ट भिलेज’ निर्माण गर्नुपर्ने सम्बन्धी पदाधिकारीले राखेको मागबारे सकारात्मक हुँदै प्रधानमन्त्री शाहले पोसाक निर्यात प्रवद्र्धनका लागि देखापरेका सबै खाले समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*