लिबर्टी माइक्रो लाइफको विशेष अफर: बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट
५ श्रावण २०८३, मंगलवार १८:०६

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष १०० प्रतिशत छुट योजना ल्याएको छ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यही साउन ५ गतेदेखि असोज मसान्तसम्म, सबै किसिमका बीमालेखको नवीकरण पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट ल्याएको छ ।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ।












