नेको इन्सोरेन्सको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
६ श्रावण २०८३, बुधबार १०:२२

काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको होे ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य तोकि आवेदन दिनुपर्नेछ । निर्धारित अवधिभित्र पर्याप्त निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।











