पहिरोले सिनर्जी पावर डेभलपमेन्टको विद्युत आयोजना बन्द
६ श्रावण २०८३, बुधबार १२:०२

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको विद्युत आयोजनामा बाढी तथा पहिरोका कारण क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ।
कम्पनीले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजना (१० मेगावाट) को हेडवर्कसमा साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा क्षति पुगेको छ।
उक्त क्षतिको कारण सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण एकजना वृद्ध बेपत्ता भएका छन् भने चार जना कर्मचारीहरूको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।











