सहकारी ठगीका मुख्य अभियुक्त सीबी लामा पक्राउ

६ श्रावण २०८३, बुधबार १५:४४

काठमाडौं । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तमध्ये एक चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन्। मकवानपुर प्रहरीले उनलाई मकवानपुरबाट पक्राउ गरेको हो।

मकवानपुर प्रहरीका डीएसपी मावध काफ्लेले लामालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार सहकारी ठगी मुद्दामा फरार रहेका लामालाई खोजतलासका क्रममा मकवानपुरबाट नियन्त्रणमा लिइएको हो।

कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष रहेका लामा सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला गत भदौमा जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए। त्यसयता प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*