गत बर्ष नेपाल लाइफमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता को-को हुन् ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । नेपालकै सर्वाधिक व्यवसाय गर्ने कम्पनीका अभिकर्ताहरुले प्रत्येक बर्ष झै यस बर्ष पनि उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन् ।
कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् ।
कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा मदन भट्ट उत्कृष्ट अभिकर्ता बन्न सफल भएका हुन् । यस अवधिमा उनीहरुले हजारौं नागरिकहरुको जीवन सुरक्षा गर्न सफल भएका छन् ।
कैलालीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न एक सफल अभिकर्ता हुन् ।
नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार पाँचौं पटक नेपाल टपर भईसकेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये कैलाली शाखा कार्यालयमा आवद्ध सुलभ भट्ट व्यक्तिगत कोडमा सबैलाई पछि पार्दै आर्थिक वर्ष २०८१।०८२ को नेपाल टप अभिकर्ता बन्न सफल भएका हुन् ।
भट्ट यस आवमा आफ्नो व्यक्तिगत कोडबाट ७ करोड ७६ लाख ९१ हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका थिए ।
यो सँगै उनी लगातार चार वर्षसम्म नेपाल टप रहेका छन् । शान्त, शालिन र व्यवसायीक अभिकर्ताको रुपमा आफ्नो परिचय बनाउन सफल रहेका भट्ट कैलाली लगायत देशका हजारौं मानिसको बीमा गरी उनीहरुको जीवन रक्षावरण गर्न सफल भएका छन् ।
साथै, टिम बिजनेसबाट बसन्त शर्मा टप १ बिजनेस भित्र्याउनेको लिष्टमा रहेका छन् । शर्माले यस बर्ष टिम कोडमार्फ १३ करोडमाथिको बीमा व्यवसाय गर्न सफल भएको छ ।
कम्पनीले आफ्ना अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका उच्च कदर गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी सम्मान गर्दै आएको छ । कम्पनीको उच्च स्तरीय व्यवस्थापकीय पक्ष र ब्रान्च म्यानेजरको अथाह साथ सहयोग कारण पनि अभिकर्ताहरुलाई व्यवसाय गर्न हौसल मिलेको अभिकर्ताहरुले धारणा व्यक्त गरेका छन् ।











