यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको बैठकले ६ वटा निर्णय गरेको जानकारी दिए ।
यस्ता छन् निर्णय
-विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने
-गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गर्ने
-पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न । २०८५ साल भदौ मसान्तसम्मका लागि ती विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत सहुलियत दिने
-मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले यसअघि भएको सम्झौतालाई अनुमोदन । यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध घोषणा
-गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा एक न्यायिक समिति गठन
-नागरिकलाई राहत दिने गरी शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय











