भारतमा निर्माणाधीन सुरुङ भत्किँदा १४ कामदारको मृत्यु

६ श्रावण २०८३, बुधबार १८:१०

काठमाडौं । भारतको उत्तर–पूर्वी राज्य सिक्किममा ग्यास विस्फोटपछि निर्माणाधीन सुरुङको एक हिस्सा भत्किँदा कम्तीमा १४ जना कामदारको मृत्यु भएको छ ।

सोमबार सुरुङ भत्किएदेखि भित्रै थुनिएका भनिएका अन्य ११ जनाको खोजी र उद्धार कार्य जारी रहेको छ । राष्ट्रिय विपद् प्रतिक्रिया बलका अनुसार यो घटना सुरुङको मुखभन्दा करिब १.५ किलोमिटर (०.९ माइल) भित्र मिथेन ग्यास विस्फोट भएको हो ।

सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन यो सुरुङ नजिकैको टिस्टा नदीको पानीलाई जलविद्युत आयोजनाको टर्बाइनसम्म पुर्‍याउने उद्देश्यले डिजाइन गरिएको हो । यसको विकास सरकारी स्वामित्वको नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसनले गरिरहेको छ। कर्पाेरेशनका अनुसार चट्टानभित्र थुनिएर रहेको मिथेन ग्यास अचानक विस्फोट हुँदा बाक्लो धुवाँ र विषाक्त ग्यासहरू उत्पन्न भएर यो दुर्घटना भएको हो ।

सिक्किम सरकारले पनि यो दुर्घटना मिथेन ग्यास प्रज्वलनका कारण भएको छुट्टै विज्ञप्तिमा जनाएको । सुरुङका विभिन्न खण्डहरूमा २७ जना कार्यरत थिए जसमध्ये दुई जना विस्फोटलगत्तै बाहिर निस्किन सफल भएका थिए । नाम्चीका प्रहरीका अनुसार थुनिएका २५ जनामध्ये हालसम्म १४ वटा शव निकालिएको छ र टोलीहरू बाँकी ११ जनाको खोजीमा जुटेका छन्।

मृतकहरूमध्ये एक जना सिक्किमका स्थानीय हुन् भने अन्य पश्चिम बंगाल, उत्तराखण्ड र असमका आप्रवासी कामदारहरू हुन् । हाल उद्धार कार्य सुरुङभित्रको एक विशिष्ट २०० मिटरको क्षेत्रमा केन्द्रित गरिएको छ जहाँ बाँकी मानिसहरू हुन सक्ने सम्भावना छ। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*