बीमा बजारमा कम्पनीहरुले कस्ता नयाँ प्रोडक्ट लञ्च गदैछन् ?

काठमाडौं । नेपाली बीमा बजारमा सदाझै उस्तै बीमा पोलिसीहरु लञ्च भईरहेका हुन्छन् । नाम मात्र फरक तर बीमितलाई दिने सुविधा भने पुरानै जस्तै नै रहेको हुन्छ ।
नयाँ आर्थिक बर्षमा आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले बीमा बजारमा नयाँ बीमा योजना ल्याउने भएका छन् । बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा प्रस्ताव गरेका आठ वटा नयाँ बीमा योजना पारित भएको छ।
चार जीवन र चार निर्जिवन बीमा कम्पनीहरुले नयाँ बीमा योजना नेपाली बजारमा ल्याउने भएका छन् । प्राधिकरणले यी कम्पनीहरुको बीमा योजना नेपाली बजारमा ल्याउन अनुमति दिईसकेका छन् ।
निर्जवन बीमा कम्पनीमार्फत शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर साइबर इन्स्योरेन्स’, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले Professional Indemnity Insurance for Construction Projects र पर्यटन क्षेत्रलाई लक्षित गरी Tourism Policy र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ‘ड्रोन बीमालेख’ बीमालेख जारी गर्ने अनुमति पाएको छ । निर्जिवन बीमा बजारमा अब यी कम्पनीहरुले यस योजना ल्याउने तयारीमा जुट्नेछन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना भन्दा पुरानो पोलिसी लाई नै संसोधन गरेको छ भने पृथक बीमा योजनामा प्रोगेन्सी प्लान बीमा योजना ल्याएको छ। कम्पनीले बालबीमा अन्तर्गत नौलो केटाकेटी जीवन बीमा योजना नौलो सुरक्षित जीवन बीमा योजना, प्राधिकरणले स्वीकृति दिएको छ।
त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘सामूहिक म्यादी जीवन बीमा योजना’ ल्याउने तरखरमा छ । बाँकि दुई बीमा कम्पनीहरुले सर्वाधिक जीवन बीमा कम्पनी अन्तर्गतको बीमा योजना बीमा बजारमा ल्याउने तयारी गरिएको बुझिएको छ।











