कथा वाचिकाको चरित्र हत्या गरेको आरोपमा वेदिका केसी पक्राउ

७ श्रावण २०८३, बिहीबार १६:४७

काठमाडौं । चर्चित कथावाचिका प्रेमा नेपाल (राधिका दासी) को चरित्र हत्या गरेको आरोपमा वेदिका केसी पक्राउ परेकी छन् ।

प्रहरीको केन्द्रीय साइबल ब्यूरोले उनलाई पक्राउ गरेको हो । उनले पछिल्लो समय चर्चित कथावाचिका राधिका दासीको विरुद्धमा सामाजिक सञ्जाल मार्फत् विभिन्न भिडियोहरू बनाएर सार्वजनिक गर्ने गरेकी थिइन् ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसूरमा एक दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ। वेदिका केसीले आफूलाई धर्मभित्र रहेको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियान्ताका रूपमा आफूलाई चिनाउँदै आएकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*