मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आईपीओ जारी गर्ने

८ श्रावण २०८३, शुक्रबार ११:२५

काठमाडौं । मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साउन २३ गते शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने र जगेडा कोषमा रहेका संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पेश गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*