बजार बन्दपछि नेप्सेमा प्राविधिक गडबडी, सूचक १००८ अंकले घटेर १७१७.७९ बिन्दुमा !

८ श्रावण २०८३, शुक्रबार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार बजार बन्द भइसकेपछि प्राविधिक गडबडी देखिएको छ। कारोबार सम्पन्न भएपछि नेप्से परिसूचक एक्कासि १००८.९३ अंक (करिब ३७ प्रतिशत) ले घटेको देखिएपछि लगानीकर्तामा अन्योल सिर्जना भएको हो।

वास्तवमा आजको कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा बन्द भएको थियो। तर, बजार बन्द भएको केही समयपछि नेप्सेको वेबसाइट तथा प्रणालीमा परिसूचक १७१७.७९ बिन्दुमा झरेको देखिएको थियो।

कारोबार सम्पन्न भइसकेपछि अचानक सूचकमा ठूलो गिरावट देखिएपछि लगानीकर्ताले समाजिक सञ्जालमा व्यङ्ग्य गर्ने थालेका छन् । यो वास्तविक कारोबारको परिणाम नभई प्रणालीमा आएको प्राविधिक समस्याका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

सो सम्बन्धमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीलाई सम्पर्क गर्ने खोज्दा सम्पर्क नै हुन सकेन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*